काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै केपी शर्मा ओलीले नियुक्ति गरेका राजदूतहरु फिर्ता हुने भएका छन्।
सरकारले फिर्ता बोलाएका राजदूतहरुमा भारत, चीन, अमेरिका र बेलायतका मार्यरत पनि रहेका छन्। फिर्ता हुने राजदूतहरूमा भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका युवराज खतिवडा र बेलायतका लोकदर्शन रेग्मी छन्।
सरकारको निर्णय अनुसार फिर्ता हुने मापदण्डमा कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, इजरायलकी अञ्जान शाक्य छन्।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु समेत रहेकी जापान लागि राजदूत प्रतिभा राणा र ओमनकी शर्मिला पराजुली ढकालको समय यसअघि नै सकिएको थियो। तर ओलीले केही समय थपेका थिए।
उनीहरुको थपिएको समय यही महिना सकिदैँछ। त्यसैले ओली सरकारले नियुक्त नगरेका भए पनि राणा र पराजुली समयावधिका कारण फिर्ता हुने अवस्था आउन सक्छन्। उनीहरुको पद थमौती हुन सक्ने सम्भावना भने प्रवल रहेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend