काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएमा विद्यार्थी सङ्गठनले जनतालाई सचेत गराउँदै सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाए ।
“तपाईहरुबाट जनताले समृद्धि र न्यायका लागि गरेका अपेक्षा सचेतनापूर्वक पूरा गर्नुहोस् । तपाईंहरु असाधारण सचेत जगत् हो । आफ्नो कर्ममा सक्रियतापूर्वक लाग्नुहोला”, पूर्वप्रधानमन्त्री ओलीले भने, “तपाईहरुका हरेक विचारले अरुलाई प्रेरित र प्रज्वलित गर्न सकोस् । नयाँ नेतृत्वलाई मेरो शुभकामना छ ।” उनले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताए । अध्यक्ष ओलीले सरकारले केही उद्यमीलाई फाइदा पुग्ने गरी बजेट ल्याएको र कर्मचारी तथा शिक्षकलाई पूर्वाग्रहपूर्वक व्यवहार गरेको आरोप पनि लगाए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend