काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि नाराबाजी गर्दै अवरोध थालेको छ ।
प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।
लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।
आजको बैठकको कार्यसूचीमा अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ ।
सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् ।
सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिन लागेको पदकको बिरोध गर्दै पञ्चायती शैलीलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् । उनले नेपालमा उत्पादित बिजुली नेपालमै प्रयोग गर्नुपर्ने र खाना पकाउनका लागि सस्तोमा दिन माग गरेका छन् ।
यस्तै सभामुख सापकोटाले विनियोजन विधेयक २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend