काठमाडौं । देश र जनताका लागि उल्लेखनीय कार्य गरेको भन्दै सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न विधामा पदक दिने घोषणा गर्यो ।
हरेक साल दिँदै आएको विभूषणको योपटक भने चर्काे विरोध भएको छ । कानुनअनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान गरेकाहरू मात्रै विभूषित हुन सक्ने व्यवस्था छ । तर, त्यसको आधार र औचित्य नखोजी मनोमानी र तजबिजी रूपमा पदक बाँड्ने क्रम बढिरहेको भन्दै यसको चर्को विरोध भएको हो।
यता एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख एवं एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङदेखि सामाजिक सञ्जालमा आबद्ध अनेक तहका व्यक्तिले सरकार र विभूषण पाएका केही व्यक्तिका नाममा चर्काे विरोध गरेका छन् । कतिपयले भने पदकअस्वीकार समेत गरेका थिए।
यस्तै, पदकबारे बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सनसनीपूर्ण खुलासा गरेका छन् । उनले गरेको खुलासाबाट नै पदक वितरणमा अनियमितता भएको पुष्टि हुने देखिन्छ। सामाजिक संजालमार्फत् उक्त कुराबारे खुलासा गरेका संग्रौलाले आफूलाई गृहमन्त्री बालकृष्ण खाँणले पदक लिने हो भनेर सोधेको उल्लेख गरेका छन्।
गृहमन्त्री खाँणले आफूलाई पदक थाप्ने हो संग्रौलाजी भनेर सोधेकोमा आफूले भने मलाई साेध्नु नै मराे भावना र निष्ठाकाे लाख सम्मान हाे भनेको संग्रौला बताउछन्।
सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, ‘पदक पाएकाेमा भनेर मलाई पनि एकाध बधाई आए।पाउनु र झन्डै पाढनुमा ठूलाे अन्तर छ।गृहमन्त्री खाणले पदक थाप्ने हाे भनेर मलाई साेध्नु भाथ्याे। ‘मलाई साेध्नु नै मराे भावना र निष्ठाकाे लाख सम्मान हाे खाणजी,’ मैले भनेँ।यसरी मैले झन्डै पाएकाे पदक बापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला !’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend