Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वप्रकाश शर्माले सार्वजनिक गरे २४ बुँद्धे अवधारणा- तीन दिन पार्टीलाई, चार दिन रोटीलाई (पूर्णपाठ)


    आइतबार, असोज ३ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाठमाडाै । सत्तारुढ नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट आफ्ना २४ बुँदे अवधारणा सार्वजनिक गरेका छन् ।

    गृह जिल्ला झापामा आयोजित कार्यक्रमबीच शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयक आफ्ना धारणा र प्रस्ताव सार्वजनिक गरेका हुन् । शर्माले आफ्नो पुस्तालाई प्रस्ताव भन्दै ‘वान, टु , थ्री फोर’ सूत्रससहित शासन संस्कार पद्धती अघि सारेका छन् । 

    उनले एक राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिने प्रस्ताव गरेका छन् । यसबाट राजनीतिक नेतृत्वमा आगमन र वहिर्गमनको भिन्न प्रणाली निर्माण हुने शर्माको दावी छ ।

    उनले राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस् जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होइन त्यसका सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होइन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो’, शर्माले भनेका छन् ।

    उनले पार्टीभित्र ‘३ दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने नारासमेत अघि सारेका छन् ।

    हेर्नस् शर्माको अवधारणापत्र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार