काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको दाबी समेत गरे ।
संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गर्दै ओलीले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्यौ ।’
अध्यक्ष ओलीले संविधान नमान्ने शक्तिलाई पनि एमालेले आफ्नो नेतृत्वको सरकारका पालमा सबैलाई समेटेको दावी समेत गरे ।
ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend