काठमाडाै. । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसद चल्न नदिने अराजकतावादी प्रवृत्ति देखापरेको बताएका छन ।
संविधान दिवसको अवसरमा शुभकामना दिंदै खनालले संविधान बमोजिम मुलुकलाई अघि बढाउने प्रत्यत्न भइरहे बेला अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै एमाले लाई अराजकतावादीको संज्ञा दिएका हुन् ।
‘नयाँ गठबन्धनको सरकार बनेको छ र संविधान बमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । यद्यपि, अस्थिरतावादी तत्वहरू अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्’, उनले भनेका छन्, ‘संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरूविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ ।’
सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायालयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend