काठमाडौं । अनेरास्ववियुका पूर्व अध्यक्षदेखि वर्तमान उपाध्यक्षहरुले बहिस्कार गरेको सचिवालय बैठकले शनिबार सुनिता बराललाई अध्यक्ष चयन गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा भएको अनेरास्ववियुको स्थायी समिति र सचिवालय बैठक पूर्वअध्यक्ष नवीना लामा र उपाध्यक्षद्वय रश्मी आचार्य र महेश बर्तौलाले बहिस्कार गरेका छन् ।
पूर्वअध्यक्ष र उपाध्यक्षहरुले बैठक बहिस्कार गरे पनि शनिबार सचिवालयले बराललाई अध्यक्ष चयन गरेको थियो । नवीना लामाले बैठक बहिस्कार गरेपछि पूर्वअध्यक्षका रुपमा माधव ढुंगेलले बोलेका थिए । अध्यक्षका प्रबल दाबेदार उपाध्यक्ष रश्मी आचार्य र महेश बर्तौलालाई नेतृत्व नदिई झापा घर भएकी सुनिता बराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बनाउन दबाब दिएका थिए ।
अनेरास्ववियुको नेतृत्व चयन प्रक्रियाको पूर्वअध्यक्ष नवीना लामाले सामाजिक संजालमै बिरोध गरेकी छन् । उनले शनिबार बेलुका सामाजिक संजालमा लेखेकी छन्–‘अब झन् यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द हुँदै गएको र बिभेदले सीमा नाघेको अनुभूति भयो । चाकरीवाद मूर्दावाद ।’
सांसद समेत रहेकी नवीना लामाले चाकरी गर्नेहरुलाई ओलीले अनेरास्ववियुको नेतृत्वमा लगेको आरोप लगाएकी छन् । ओलीको नाम नलेखी उनले चाकरी गर्नेहरुलाई अनेरास्ववियुको नेतृत्व दिएको सार्वजनिक रुपमा लेखेकी छन् । लामा रश्मी आचार्यलाई अखिलको अध्यक्ष बनाउनुपर्ने पक्षमा थिइन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend