Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • योगेश भट्टराईकाे दाबी: माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्


    शुक्रबार, असोज १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । 

    प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने दाबी गरेका हुन् ।

    ‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।’ 

    यस्तै, भट्टराईले माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको आराेप समेत लगाए । 

    सुरुमा नेपाल खेमामा रहेका र अन्तिम समयमा ओली खेमामा गएका भट्टराईले आफूहरुले माधव नेपाललाई धोका नदिएको पनि बताएका छन् । ‘नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने,’ भट्टराईले भने, ‘आफूले पनि अध्ययन गरेर, विश्लेषण गरी विवेक गर्न सक्छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार