Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधब नेपाललाई श्रेष्ठकाे व्यङ्ग्य: एमालेबाट काँसका टुक्राहरू छुट्टिएर गए, अब हिरा र सुन मात्रै बाकीँ छ


    बिहिबार, भाद्र ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले एमालेमा अब हिरा र सुन मात्रै बाकीँ रहेको बताएका छन् ।

    बिहिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेता श्रेष्ठले काँसका टुक्राहरू छुट्टिएर गएपछि एमालेमा हिरा र सुन मात्रै बाकीँ रहेको बताएका हुन् ।

    एमालेबाट छुट्टिएर नयाँ पार्टी खोलेका माधवकुमार नेपाल तर्फ संकेत गर्दै नेता श्रेष्ठले काँसका टुक्राहरू छुट्टिएर जाँदैमा पार्टीलाई केही फरक नपर्ने समेत बताए ।  

    उनले भने – ‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण हो’ उनले थपे – ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार