काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ ।
बुधबार अध्यक्ष ठाकुरले जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह गर्दै सर्कुलर जारी गरेका हुन् ।
३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
यसवर्ष पनि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनको रुपमा मनाउन पार्टी मातहतमा सर्कुलर जारी गरेको हाे ।
सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा नै मनाएको बताउँदै आफुहरूले संविधान संशोधनलगायका मुद्दाहरू सम्बोधन नभएसम्म कालो दिनको रुपमा नै मनाउने लोसपाका कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लालले बताए ।
‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीहरूले उठाएको मांगलाई सम्बोधन गरेर संविधान दिवसको उत्सावमा हामीहरूलाई सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन । यसर्थ हामी कालो दिनको रुपमा मनाउन बाध्य छौँ’, उनले भने ।
संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जसपा संघीय सत्तारुढ गठबन्धनमा आवद्ध छ । संघीय सरकारमा सहभागिताको तयारीमा रहेको जसपा यसवर्ष अलमलमा परेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend