Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख सापकोटालाई नेम्वाङकाे सुझाव: आफैँले स्थापित गरेको अभ्यास बमोजिम चल्नुहोस्


    मंगलबार, भाद्र २९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।

    पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए ।

    नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार