डडेल्धुरा । डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएसँगै गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि बनेकी छन् ।
यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ ।
तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन् । सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको छ ।
वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको यस वडाबाट आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ।
यहाँ जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग भाग लिएको थिएन । जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रीय सभापति देउवाले केन्द्रबाट नाम थप गरेकोमा मल्ललगायतले बिरोध गर्दैआएका छन् । पार्टीका शीर्षनेताहरुले नै डडेलधुराको क्रियाशील विवादमा मुख खोलिसकेका छन् ।
१३ औं महाधिवेशनमा कर्ण मल्ललाई सभापतिमा हराउन डा. आरज्ले भीम साउदलाई उम्मेदवार बनाइन् । तर मल्लले
आरजुका उम्मेदवार साउदलाई हराई जिल्ला सभापतिमा बिजयी भएका थिए ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend