Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुरामा देउवाले पेलेरै वडा अधिवेशन गराएपछि नयाँ रणनीतिमा जुट्दै पौडेल समूह


    सोमबार, भाद्र २८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाविधेशन अन्तर्गत पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको भन्दै संस्थापनइतर (रामचन्द्र पौडेल) समूह छलफलमा जुट्ने भएको छ  । 

    सभापति देउवाले गृह जिल्ला डडेलधुरामा गराएको वडा अधिवेशनपछि पौडेल समूह महाधिवेशन निष्पक्ष हुने विषयमा सशंकित बनेसँगै छलफलमा जुट्ने भएको हो । बैठक आज दिउँसो २ बजे सानेपामा बस्दैछ। 

    छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरुको सहभागिता हुने एक नेताले जानकारी दिए। 

    यस्तै, आजको छलफलमा प्रदेश दुईलगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ। 

    प्रदेश दुईका साथै काठमाडौं, सिन्धुपाल्चोकलगायत आफू कमजोर भएको जिल्लामा सभापति देउवाले क्रियाशील सदस्यता समेत टुंगो नलगाएको आरोप पार्टीभित्रै लाग्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार