काठमाडौँ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भीम रावल, योगेश भट्टराई, धनश्याम भुसाललगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको भन्दै कटाक्ष प्रकट गरेका छन्।
नागरिक आन्दोलनका अगुवासमेत रहेका संग्रौलाले सामाजिक सञ्जालमार्फत् कटाक्ष प्रकट गर्दै भनेका छन्, ‘आत्मसमर्पणको शैलीमा केपी ओलीलाई साथ दिएकाहरुलाई अहिले ओलीले भाउ नदिँदा घर न घाटको भएको बताएका हुन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘आफैँ इँइँ-मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्याे ? हेर्नाेस्त प्रभुद्वारा उपेक्षित रावल, याेगेश, घनश्यामादिकाे बिजाेक ! न मुन्टाे लुकाउने घर छ न घाट जाने बेला भाछ । आफूलाई कठै भन्दिने आफूबाहेक काेही छैन।’
आफैँ इँइँ-मिमी गर्दै,हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्याे? हेर्नाेस्त प्रभुद्वारा उपेक्षित रावल,याेगेश,घनश्यामादिकाे बिजाेक!न मुन्टाे लुकाउने घर छ न घाट जाने बेला भा”छ।आफूलाई कठै भन्दिने आफूबाहेक काेही छैन।
— Khagendra Sangroula (@belakoboli) September 12, 2021
एमालेमा आन्तरिक विवाद चल्दा सुरुमा रावल, भट्टराई , भुसाललगायतका १० जना नेताले माधवकुमार नेपाललाई साथ दिएका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend