काठमाडौं । अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । वार्ताको क्रममा अर्थमन्त्री शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स ९एमसीसी० नेपालका लागि आवश्यक भएको तर यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज ९शनिबार० सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भए पनि त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।
एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए ।
बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवलगायतसँग भेट गरेकी थिइन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend