काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौँ आएको एमसीसी प्रतिनिधि मण्डलको टोलीले एमाले अध्यक्ष केपी शर्मा अोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन् ।
रावलले भनेका छन्– हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ! हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !
संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने,कस्तो विडम्बना!हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देउ!
— Dr. Bhim Rawal (@BhimRawal179) September 9, 2021
यस्तै, उक्त टोलीले अध्यक्ष ओलीपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो।
यस्तै, उक्त टोलीले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेट गरेको छ भने आजै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय एमाले नेता रावलले एमसीसीको चर्को विरोध गर्दै आइरहेका छन्। उनले सो परियोजनालिई राष्ट्रघातीको संज्ञा समेत दिएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend