Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • खुमलटारमा एमसीसीको टोली र प्रचण्डबीच भेटवार्ता


    शुक्रबार, भाद्र २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ  । केहीबेर अघि फातिमासहितको टोली प्रचण्ड भेट्न खुमलटारस्थित उनको निवासमा पुगेको हो । 

    प्राप्त जानकारीका अनुसार एमसीसीकी उपाध्यक्ष फातिमाले प्रचण्डसँग भेटेर एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बुझिएको छ। 

    बिहीबार बिहान काठमाडौँ आइपुगेको एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले हिजो दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो। 

    यस्तै, उक्त टोलीले आजै  प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार