Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यथास्थितिमै एमसीसी पास हुँदैन : नेता गुरुङ


    बिहिबार, भाद्र २४ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले यथास्थितिमै पास अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पास नहुने बताएका छन् ।  

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने दवाव दिइरहेका बेला सत्तासाझेदार माओवादी केन्द्रले भने  सर्तहरु संशोधन नभई पारित गर्न नसकिने अडान लिएको छ ।

     नेपाल सरकारले एमसीसी सम्झौताबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो । एमसीसी बिशुद्ध रुपमा आर्थिक सहयोग कार्यक्रम रहेको जवाफ दिँदै अमेरिकाले इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख छ । साथै, नेपाल सरकारसँग यसअघि सम्झौता गरिएकाले एमसीसीका कुनै पनि बुँदामा संशोधन गर्न नसकिने जवाफ अमेरिकाको छ ।

    सरकारले प्रश्न सोध्दा जवाफमा सर्तहरु संशोधन गर्न नसकिने भनेपछि प्रमुख सचेतक गुरुङ अब यो संसदमा टेबुल नहुने बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका नेता गुरुङले पार्टीले एमसीसी सम्झौताका सर्त संशोधन नभई पारित गर्न नहुने पक्षमै रहेको बताए ।

    यसअघि एक सार्वजनिक कार्यक्रममा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एमसीसी सम्झौताका सर्त संशोधन नभई पारित हुन नसक्ने अडान व्यक्त गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार