काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छिन्। आज बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् ।
उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीसँग भेट्ने कार्यक्रम छ रहेको छ ।चार दिने नेपाल भ्रमणमा आएकी फातिमा सुमारले एमसिसी परियोजनाबारे छलफलका लागि भोली प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले बताएका छन् ।फातिमाले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।
सुमारसहितका अधिकारीहरु नेपाल आउनु पूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो । अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend