काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आजै काठमाडौंको सुन्दरीजलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् । तर, उनले कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने प्रष्ट भइसकेको छैन ।
शर्मा निकट नेताहरुका अनुसार उनी पार्टीमा महामन्त्रीका आकांक्षी हुन् । उनले महाधिवेशनको लागि कुन समूहबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् त्यो पनि स्पष्ट भइसकेको छैन ।
स्रोतका अनुसार उनले आफ्नो उम्मेदवारीबारे सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेका छन् । यस अघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् । उनले क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ्न् । कांग्रेसको विधानमा दुई महामन्त्रीको व्यवस्था छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend