Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमसीसीबारे अर्थमन्त्रीलाई फातिमाको पत्र : रावल भन्छन् – जनतालाई झुक्याएर अनुमोदन गराउने षड्यन्त्र


    बिहिबार, भाद्र २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जनतालाई झुक्याएर संसद्‌बाट अनुमोदन गराउने षड्यन्त्र भएको दाबी गरेका छन्। 

    बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले लिखित जवाफ पठाएपछि रावलले यस्तो टिप्पणी गरेका हुन्।

    ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसद्‌बाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘ यी दुवै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार