Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध


    बुधबार, भाद्र २३ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आजदेखि  सुरु भएको  अधिवेशन  प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रोष्ट्रम अगाडि नाराबाजी गर्न पुगेका छन् । सभामुख सापकोटाका बिरुद्ध नाराबाजीमा उत्रिएका एमाले सांसदहरुले पार्टी विभाजन गरेको आरोप समेत उनलाई लगाएका छन् । 

    एमालेले माधव नेपालसहितका १४ सांसदलाई निस्कासन गरे पनि सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेकोमा एमाले आक्रोसित भएको हो । 
     एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सम्बोधन गरे लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । सांसदहरुले सभामुखबिरुद्ध नाराबाजी गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार