Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • संसद भवनभित्र पत्रकार प्रवेशमा रोक !


    बुधबार, भाद्र २३ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को १०औं अधिवेशन अन्तर्गत आजको बैठकमा रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश रोकिने भएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भौतिक उपस्थितिमा अर्थात् प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको हो। 

    संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने पाण्डेले बताए । संसद सचिवालयले युट्युवमार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

    यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले बैठकबारे रिपोर्टिङ गर्दै आएका थिए । बैठक आज अपराह्न ४ बजे बस्दैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार