Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • देउवापुत्र जयवीर राजनीतिमा, डडेलधुराबाट क्रियाशील सदस्य


    बुधबार, भाद्र २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताका छोरा-छोरी प्राय राजनीतिबाट टाढा रहेपनि केही नेताका छोरा छोरीहरु भने बाबुसँगै राजनीतिमा होमिएका छन् । यसको प्रमुख उदाहरण हो -नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल । उनी चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मेयर छिन् । त्यसो त रेणु बाहेक अन्य नेताका छोरा छोरीले राजनीतिमा त्यति चासो राखेको देखिदैन जसले गर्दा अध्यक्ष प्रचण्डलाई अन्य नेताहरुले राजनीतिमा सन्तानलाई अवसर दिएको आरोप पनि लगाउदै आएका छन्। 

    तर, यसैबीच पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाले पनि आफूलाई राजनीतिमा प्रवेश गराएका छन् ।

    पांचौं पटकसम्म प्रधानमन्त्री बनेका देउवाका २६ वर्षीय छोरा जयवीरले आफूलाई कांग्रेसको राजनीतिमा प्रवेश गराएर गृहजिल्ला डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन् ।

    जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट जयवीरले क्रियाशील सदस्यता लिएको कांग्रेसका नेताहरु बताउछन्। 

    कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम १६६ नम्बरमा छ । आशन्न महाधिवेशनलाई लक्षित गर्दै राजनीतिमा होमिएका जयबिर जयवीर गाउँमा भने गएका छैनन् । यसअघि गाउँमा भदौ १८ मा अधिवेशन गर्ने भने पनि जयबिरकै लागि २५ गतेका लागि सारिएको बताइएको छ। 

    पार्टीका एक नेताका अनुसार जयवीरलाई क्षेत्रीय प्रतिनिधि बनाउने तयारी  भइरहेको छ । बेलायतमा राजनीति शास्त्रमा एमए गरेका जयवीरले भ्रातृ संगठनमा बसेर काम नगरेपनि पारिवारिक पृष्ठभूमिका कारण सिधै राजनीतिमा छिरेको बुझिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार