Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओलीकाे आक्राेस: एमालेसँग काँग्रेस त लड्न सकेको छैन, उम्रिन नपाउँदै माधव नेपालको प्युसोले मुकाबिला गर्ने ?


    मंगलबार, भाद्र २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

    मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका हुन् ।

    आफू नेतृत्वको सरकार हुँदा कोही भाइ त कोही छोरीवादमा कुदेर आफूलाई  कामै गर्न नदिएकाे बताउँदै ओलीले भने, ‘विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !’

    ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको आरोप समेत लगाएका छन् । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार