Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामकुमारीलाई ओलीको प्रश्न: देश र राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’


    सोमबार, भाद्र २१ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यकाे बिषयमा नेतृ रामकुमारी झाँक्रीको मौन रहेकाे भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका छन् ।

    सोमबार युवा संघले राजधानीमा गरेको कार्यक्रममा बोल्दै ओलीले उक्त बिषयमा झाँक्रीको मौन रहेकाे भन्दै प्रश्न उठाएका हुन् ।

    रामकुमारीको नाम नलिई भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’

    एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार