Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी, एमाले चौथोमा खुम्चियो


    सोमबार, भाद्र २१ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ ।

    एमालेका १३ सांसदले यसअघि नै एकीकृत समाजवादी रोजेपछि प्रदेश सभा सदस्य माया तामाङलेले पनि आज निर्वाचन कार्यालय पुगेर आफूले नेकपा एसमा  सनाखत गराएको उनले जानकारी दिएकी छन् ।

    ओलीपक्षीय भनेर चिनिएकी प्रदेश सभा सदस्य माया तामाङले समेत नेकपा (एस)का पक्षमा सनाखत गरेसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित ठूलो दल बनेको छ ।

    १४ सांसद नयाँ पार्टीको पक्षमा खुलेपछि नेकपा एमाले भने ११ सांसदसहित चौथो दलका रूपमा खुम्चिन पुगेको छ ।

    माधव नेपालको पक्षमा रहेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ मध्ये १३ जनाले नयाँ पार्टीका पक्षमा सनाखत गरेका छन् ।

    सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका १३ सांसद, नेपाली कांग्रेसका १२ सांसद् छन् । २४ सांसदसहित ठूलो दल रहेको एमाले अब सभामुखसहित ११ सांसदमा सीमित भएको छ ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार