Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई बामदेवको ‘भाइबर म्यासेज’: दुर्वचन, अपशब्द र मिथ्या बाहेक केही सुन्न पाइएन


    आइतबार, भाद्र २० २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेबाट भर्खरै राजीनामा दिएका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखाबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइने आरोप लगाएका छन् ।

    नेता गौतमले आज (आइतबार) अध्यक्ष ओलीलगायत एमालेका अधिकांश नेतालाई भाइबरमा सबैभन्दा ठूलो पार्टीको नेताबाट दुर्वचन र मिथ्या बाहेक केही सुन्न नपाइएको गुनासो सन्देश पठाएका हुन् ।

     यद्यपि उनले आफूले कम्युनिष्ट आन्दोलन नछाडेकाले कतै भेट पनि हुनसक्ने बताएका छन् ।

    नेता गौतमले यसअघि शुक्रबार नेकपा एमाले कार्यालयमा पुगेर पार्टी परित्याग गरेको भन्दै राजीनामा पत्र बुझाएका थिए ।

    यस्तो छ नेता गौतमले पठाएको सन्देश :
    ‘नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो । मैले एमाले पार्टी छोडे पनि कम्युनिष्ट आन्दोलन छोडेको छैन । ख्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार