Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल, थप तीन सांसदको सनाखत


    आइतबार, भाद्र २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो ।

    आइतबार नेकपा एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, एमाले सुदूरपश्चिमका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र सुदूरपश्चिमका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोमा गएर सनाखत गरेका हुन् ।

    अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार