Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यादव भन्छन्: लोसपा दल होइन ओलीको मतियार मात्र हाे, यसबाट देश र जनताको भलो नहुँदैन


    आइतबार, भाद्र २० २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका छन् ।

    प्रदेश–२ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वमा गठन भएको लोसपा दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका  हुन् ।

    उनले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडी बढ्न नसक्ने बताउँदै लाेसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने समेत जिकीर गरे ।

    ‘हरेक ठाउँमा जसपासँग साझेदारी गरेर मात्र कुनै पनि राजनीतिक शक्ति अगाडि बढ्न सक्ने गरी आफ्नो पार्टी स्थापित भएको छ’, उनले भने, ‘अब देशको राजनीतिक दिशानिर्देश जसपाले गर्नेछ ।’ 

    अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपा कदापि राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरे । लोसपाले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको आरोप लगाउँदै उनले भने, ‘जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार