Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले परित्याग गरेका बामदेव गौतम नेकपा समाजवादीमा पनि अटाएनन्


    आइतबार, भाद्र २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता बामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)को स्थायी कमिटीमा पनि अटाउन सकेनन् ।

    नेकपा एमालेबाट विभाजित भएर बनेकाे एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । तर उक्त कमिटीमा शुक्रबार  नेकपा एमाले परित्याग गरेका वामदेव गौतमलाई भने राखिएको छैन । 

    पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकारी गराएका छन् । 

    अपानीमा पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको लागि अध्यक्ष नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेकाहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहेको कमिटी गठन गरिएको उल्लेख गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार