Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभामा अध्यक्षसहित ३५ जना एमाले नेताले नेकपा एकीकृत समाजवादी राेजे


    आइतबार, भाद्र २० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा ।  नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै  एमाले छाड्नेकाे लर्काे लागेकाे छ ।

    यसै क्रममा नेकपा एमाले संखुवासभा अध्यक्षसहित ३५ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।

    शनिबार जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित कमिटीका ३५ सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका हुन् । एमालेको साविक २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् ।

    अध्यक्ष घिमिरेका अनुसार सचिवालय सदस्य ऋषिकेशव चापागाईं, कृष्ण तामाङ, मानसिं पोखरेल, बद्रि सापकोटा, सुमन शाक्य, केशर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ नेकपा एसमा लागेका हुन् ।

    यस्तै जिल्ला समन्वय समितिका सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको उनले जनाए ।

    एमाले पूर्व अध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेश डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ नेकपा एसमा खुलिसकेका छन् भने जिल्ला उपाध्यक्ष भीम लिंखा कतै खुलेका छैनन् । लिंखा नेपाल पक्षमा रहँदै आएका थिए । सोमबारसम्म चल्ने बैठकले आगामी रणनीति तयार गर्ने घिमिरेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार