Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ख्याल राखौं ! अरुलाई खाने बाघले आफूलाई पनि खान्छ : बाबुराम भट्टराई


    आइतबार, भाद्र २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशी नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्।

    अध्यक्ष भट्टराईले शनिबार राती सामाजिक सञ्जालमा ट्विट गर्दै देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने चेतावनी समेत दिएका छन्।

    ट्वीटरमा उनले लेखेका छन्, ‘देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ ! ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार