Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा एमालेका ५८ पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी


    शनिबार, भाद्र १९ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला। जुम्लामा एमालेका ५८ जना पदाधिकारीले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । सांसदसहित नेकपा एमालेका ५८ पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) पार्टी रोजेका छन् । आज भएको पत्रकार भेटघाटमा पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका हुन् ।

    प्रदेश सभा सांसद पदमबहादुर रोकाया, अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ६१ जना जिल्ला कमिटीमध्ये तीन जना बाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

    पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेश सभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ ।

    सांसद रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरष्कारले आफूहरु नेकपा एकीकृत समाजवादी यात्रामा लाग्न बाध्य भएको बताए । पार्टीले जुम्लामा २३ गते भेला गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार