Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई झड्कामाथि झड्का, थप १० सांसद एमाले छोडेर एकीकृत समाजवादीमा


    बुधबार, भाद्र १६ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झड्का लागेकाे छ ।

    सांसदहरुले पार्टी अध्यक्ष ओली नेतृत्वको एमाले पार्टी परित्याग गरेर अध्यक्ष माधव नेपालको एकीकृत समाजवादी रोज्न थालेपछि ओलीलाई झड्का माथि झड्का लागेकाे हाे ।

    हिजाे मंगलबार मात्रै बागमतिबाट १२, सुदूरपश्चिम प्रदेशसभाबाट १३ र प्रदेश नं २ बाट १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागिसकेका छन् । 

    एकाले त्यागेर एकीकृत समाजवादी तिर लाग्ने  क्रममा आज पनि नेकपा एमाले प्रदेश-१ का १० जना प्रदेश सभा सदस्यहरू नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।

    उनीहरू आजै निर्वाचन आयोगको कार्यालयमा पुगेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन् ।

    प्रदेश सभा सदस्य सावित्री रेग्मीले दिउँसो १२ बजेतिर निर्वाचन आयोग जानलागेकाे जानकारी दिदैं २२ गतेसम्म अरू तीनदेखि पाँच जना सदस्यहरू पनि थपिने बताइन् ।

    उनका अनुसार आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु,  कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन् ।

    यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार