Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सभापतिको उम्मेद्वार छान्न पौडेल पक्षको बैठक, साझा उम्मेदवार तय गर्ने


    मंगलबार, भाद्र १५ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ । 

    कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूह छलफलमा जुटेकाे हाे ।

    पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।

    नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन ।

    महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार