काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ ।
केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयोजक रन्जित तामाङ, प्रचार तथा प्रसार उपसमिति उपाध्यक्ष बस्नेत, आर्थिक उपसमिति पञ्चा सिंह, अतिथि व्यवस्थापन उपसमिति दीपक देवकोटा, प्रतिनिधि चयन तथा अभिलेखीकरण उपसमिति तिलकराज भण्डारी, मेस व्यवस्थापन उपसमिति विजय गौतम, विधान संशोधन उपसमिति उत्तम अधिकारी, स्वास्थ्य उपसमिति दीपेश पुन, स्वयम्सेवक उपसमिति इन्द्र भुसाल र प्राविधिक उपसमिति रविकिरण यादव छन् ।
यसअघि क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो । सम्मेलनमा भौतिक उपस्थितिमा गर्ने निर्णय गरेको छ । उद्घाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र बन्दसत्र कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस हुने भएको उनले जानकारी दिए ।
सङ्क्रमण बढ्दै गए भने सम्मेलन भर्चुअलबाट गर्ने निर्णय क्रान्तिकारीले गरेको छ । कोरोना भाइरसका कारणले सम्मेलनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्या घटाएर सात सय ९९ पुर्याइएकाे छ । यसअघि दुई हजार दुई सय २२ जना प्रतिनिधि रहेका थिए ।
प्रदेश समिति थप कार्यकारी बनाउने र केन्द्रीय समितिको सङ्ख्या घटाउन उनले जानकारी दिए । अहिले क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समिति रहेको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । कार्यसमितिको दुईवर्षे कार्यकाल रहेको छ । यसैबीच माओवादी निकट योङ् कम्युनिष्ट लिग (वाईसीएल)को पनि राष्ट्रिय भेला चलिरहेको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी)ले पनि आगामी असोज ६ देखि ८ गतेसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend