Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रालयको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक जारी


    मंगलबार, भाद्र १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । 

    बैठकमा मन्त्रालय भागबण्डा मिलाउने प्रयास भईरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिना नाघिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा एकपछि अर्को बहानामा झनै ढिलाइ हुँदै गएको छ । पछिल्लो समय सत्ता गठवन्धन आवद्ध दलहरुबीच भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा अलमल हुँदै आइरहेको छ ।

    केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार