Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैकल्पिक शक्तिको खोजी रहेको भन्दै बाबुराम भन्छन् – ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी छ


    सोमबार, भाद्र १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं डा.बाबुराम भट्टराइले सत्तामा जो कोही आएपनि कुर्सीको खेल जारी रहेको बताएका छन् । 

    भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी ओली गएपनि कुर्सीको खेल जारी रहेको  तर नागरिकका समस्या जहाँको तही रहेको बताएका हुन् । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इंगित गर्दै यस्तो लेखेको बुझिएको छ। 

    पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वैकल्पिक शक्तिको खोजी जारी रहेको बताउदै भारत,खाडी पस्ने युवाहरूको लर्को जारी रहेको उएख गरेका छन्। 

    उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ !अत:वैकल्पिक शक्तिको खोजी जारी छ !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार