काठमाडाैं । पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु नेकपा एसमा आए नेतृत्व छोडन तयार रहेको भन्ने अध्यक्ष माधवकुमार नेपालकाे अभिव्यक्त्ति प्रति एमालेका सचिव याेगेश भट्टराईले टिप्पणी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले ओलीलाई छाेडेर दाेस्राे पुस्ताका नेताहरु आफ्नाे पार्टीमा आए अध्यक्ष बनाउन तयार रहेकाे बताएका थिए ।
एमाले सचिव भट्टराईले अध्यक्ष नेपालकाे उक्त प्रस्ताव स्वागतयाेग्य रहेकाे बताउँदै आफैसँग रहेका नेताहरुलाई उक्त अवसर दिएर उदाहरण देखाइदिए झनै राम्राे हुने बताउँदै आफूहरू नेकपा एसमा नजाने संकेत गरेका छन् ।
एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत् लेखेका छन्- ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो । ’
राम्रो कुरा हो, स्वागत गर्दछु ।
आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।— Yogesh Bhattarai (@yogesbhattarai) August 28, 2021
शनिबार कार्यक्रममा बोल्दै नेता नेपालले भनेका थिए, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भैहाल्छु, भएन? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend