Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा तीन शीर्षनेताको भेटवार्ता, मन्त्रिपरिषद बिस्तारबारे छलफल


    आइतबार, भाद्र १३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने सहमति भएकाे छ ।

    आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको बालुवाटार स्राेतले बतायाे ।

    गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन । 

    कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा सरकारमा जाने तयारीमा छन् । कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन । सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार