Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माधव नेपाल भन्छन्–नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता गर्दैन


    शनिबार, भाद्र १२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी  वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकता  नहुने स्पष्ट पारेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितले माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने हल्ला गरिरहेको बेला नेता नेपालको उक्त भनाइ आएको हो ।

    आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताए ।

    अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गरे । उनले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने र  आफू एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार