Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश राणा बाहिरिए


    शुक्रबार, भाद्र ११ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद‌्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा बाहिरिने भएका छन् ।

    रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्‍मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न सुझाव दिएपछि प्रधानन्यायाधीश  राणा बाहिरिने भएका हुन् ।

    प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ । नी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार