Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक, माधव नेपालको पार्टीमा जान खोज्ने नेताहरुलाई कारवाहीको तयारी


    बिहिबार, भाद्र १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  

    औपचारिक रुपमा पार्टी फुटेको भोलीपल्टै अर्थात् आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजेका लागि  बैठक बोलाएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

    तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्नेछ।  आजको बैठकमा मुख्यत: एमाले छाड्न चाहेका तर एकीकृत समाजवादीका सनाखत गर्न नपाएका नेतालाई कारबाही, पार्टीको अबको रणनीति, फुटको असरलगायतका विषयमा छलफल हुने बताइएको छ।

    बैठकमा लामो समयदेखि पार्टीमा विद्रोह गरिरहेका दोस्रो तहका नेताहरु पनि सहभागी हुने सचिव तामाङको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार