Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकियो


    बुधबार, भाद्र ९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ ।

    नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरुले आयोग पुगेर हस्ताक्षर गरेका छन् । 

    सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि नेपालले दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।  

    सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार