Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पौडेल समूहको निष्कर्ष: क्रियाशील सदस्यताको सूची समितिलाई बुझाउनु पूर्व आफूहरूले हेर्न पाउनु पर्ने


    बुधबार, भाद्र ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिलाई बुझाउन अघि क्रियाशील सदस्यताको सूची आफूहरुले हेर्न पाउनुपर्ने बताएको छ ।

    बुधबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा वसेको पौडेल समूहको बैठकले क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई बुझाउन अघि आफूहरुले हेर्न पाउनु पर्ने माग गरेको हो ।

    अहिले डिजिटलाइजको व्यवस्था गरिएको भन्दै यस्तो अवस्थामा पुराना सदस्यको नाम काटेर नयाँको नाम थप गरेको पनि हुन सक्ने भएकाले क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउनु पूर्व आफूहरूले हेर्न पाउनु पर्ने उनीहरूकाे माग छ ।

    कांग्रेसमा क्रियाशील सदस्ता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वममहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएका थिए ।

    कांग्रेसका १ सयभन्दा बढी वडामा नवीकरण, नयाँ र समायोजनका सदस्यताबारे विवाद रहेको छ । ती सबै विवाद सैद्धान्तिक सहमति र नयाँ मापदण्डका आधारमा समाधान हुने सहमति भएको थियो ।

    पाैडले समूहकाे बैठकमा  वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाललगायत उपस्थित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार