काठमाडाैं । एमाले अध्यक्ष केपि शार्मा ओलीले आफूहरुलाई घर न घाटको बनाएपछि बाध्य भएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खाेल्नु परेकाे नेता माधवकुमार नेपालले बताएका छन् ।
मंगलबार उनले पत्रकारहरुसँग कुरा गर्दै ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दा उल्टै आफूसहित १४ सांसदलाई निष्काशन गरि घर न घाटको बनाएकाले बाध्य भएर नयाँ पार्टी खाेलेकाे बताएका हुन् ।
‘यस्तो अवस्थामा कि त घुँडा टेकेर बस्नुपर्थ्यो, कि त अर्को क्रान्तिकारी पार्टी बनाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले पनि हामीले एकताको च्याप्टर क्लोज गरेका छैनौं । सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने हाम्रो अभियान हो । विचार, मन मिलेपछि एकता हुन्छ ।’
पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए ।
‘एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेको इतिहास कायम भएको छ,’ उनले भने, ‘त्यसपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र विद्रोहको आवाज उठायौं ।’
केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ भन्ने निष्कर्षमा पुगेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका दलसँग सहकार्य गरेर आफूहरुले संसद, लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए ।
‘विचारमा भिन्नता हुनु स्वाभाविक हो, निर्णय गरिसकेपछि इमानदार पनि हुनुपर्छ । हामी इमानदार बन्यौँ,’ उनले भने, ‘अहिले यो विद्रोहमा उभिरहेको पंक्ति एकतावद्ध छ ।’
समयक्रममा एकता गर्दै आएको उल्लेख गर्दै नेपालले भने, ‘यो क्रम चलिरहन्छ । केपी ओलीको समूहमा पनि विचार, धारणा परिवर्तन भएछ भने ढोका खुला हुनेछ ।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend