Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता


    सोमबार, भाद्र ७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएकाे छ ।

     उनहस्बीच सोमबार अध्‍यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट भएकाे हाे ।

    अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।

    भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार