काठमाडौं । युवासंघ नेपालका अध्यक्ष नरेश शाहीले १० बुँदे सहमतिको भ्रममा नपर्न अपिल गरेका छन् । एमालेका मध्यमार्गी नेताहरु र अध्यक्ष केपी ओलीबीच जेठ २ मा फर्किने सहमति भएपछि शाहीले १० बुँदे सहमतिको कुनै अर्थ नभएको उल्लेख गर्दै लेखेका छन्–अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण नै हो ।
सामाजिक संजालमा शाहीले अध्यक्ष लेखेका छन्–‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको पुनरजागरण जरुरी छ । अहिलेको समयमा हाम्रो समाजको आबश्यकता कम्तीमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजागारीको सुनिश्चित गर्नु हो तर यस्तो हुन सकिरहेको छैन, यो कुरा नेपाली राजनीतिको दुःखद बिषय हो । त्यसैले यसमा नयाँ पुस्ता गम्भीर हुन जरुरी छ ।
समयले हाम्रो काधमा नयाँ जिम्मेवारी प्रदान गर्दै छ, जिम्मेवारीबाट भाग्नु समाज र इतिहासमाथिको अन्याय हुने छ । शब्दहरु क्रान्तिकारी लफ्फाजीको प्रयोग गर्ने र व्यवहार ‘कम्मलमा ओढेर घ्यु खाने’ प्रवृत्ति जनताले बुझिसकेकै बिषय हो । अहिलेको यथास्थितिले तपाईं हाम्रो समाजलाइ कुनै परिवर्तन दिने छैन । अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण हो । त्यसैले युवा संघ नेपालका सम्पुर्ण कमरेडहरु, युवा संघ, नेपालका नियमित साङ्गठनिक कामहरुमा निरन्तर सक्रिय रहन अपिल गर्दछु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend